कपन बहुमुखी क्याम्पस भवन निर्माणका लागि बागमती प्रदेस सरकारको चार करोड

कपन बहुमुखी क्याम्पस भवन निर्माणका लागि बागमती प्रदेस सरकारको चार करोड

कपन अनलाइन

काठमाण्डौ ,असार २०।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन बहुमुखी क्याम्पस भवन निर्माणका लागि बागमती प्रदेस सरकारले चार करोड बजेट बिनियोजन गरेको छ।

वडा नं १० कपन ह्यान्डबल मैदान नजिक रहेको भिरालो जमिनलाई उपयोग गर्दै नवीनतम  पाइल पदत्तिको प्रयोग गर्दै निर्माण भैरहेको उक्त क्याम्पस भवन निर्माणका लागि आव २०७८/७९ मा बागमती प्रदेस सरकारले ४ करोड बजेट प्रदान गरेको हो।

बुढानिलकण्ठ नगरपालिकामा स्नातक तह पठन पाठन गर्ने तिन शैक्षिक संस्थाहरु मध्ये एक महत्वपूर्ण संस्था रहेको कपन बहुमुखी क्याम्पसले विभिन्न संकायमा अध्यापन गर्दै आएको छ।

बिहानी र सन्ध्याकालीन कक्षा आफ्नै भवनमा शुरू गरेको कपन बहुमुखी क्याम्पसलाई यस अघि पनि बागमती प्रदेस सरकारले बजेट उपलव्ध गराएको थियो ।

तपाइँको प्रतिक्रिया ।