लायन्स क्लब अफ काठमाडौं डाँफे र विश्व ज्योति साकोसको नियमित रक्तदान सम्पन्न

लायन्स क्लब अफ काठमाडौं डाँफे र विश्व ज्योति साकोसको नियमित रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असार २० । रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं” भन्ने मूल नाराको साथमा २०७८ साल असार १९ गते शनिबार नियमित रक्तदान  कार्यक्रम सम्पन्न भएको छ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफे र विश्व ज्योति बचत  तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा मा चामुण्डा माबी परिसर नारायणटारमा बिहान १० बजे देखि १ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालन  भएको उक्त कार्यक्रममा ११ जना महिला  तथा ६७ जना पुरुष  गरि कुल ७८ जना  रक्तदाताले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं डाँफेका वर्ष २०२१/२२का प्रेसिडेण्ट इलेक्ट लायन बच्चुराम शर्मा कुईकेलले जानकारी गराए।

कुइकेलले पनि यो संगै ५७ पटक रक्तदान गरेका छन्। उनले छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा ८० जनाले मात्र रक्तदान गरेको जानकारी गराए। लायन बर्ष २०२१।०२२ को इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले  लायन बर्षको सुरुवातको पहिलो हप्तालाई Service Week को रुपमा बिबिध सेवाका कार्यहरु गरि मनाउन  गरेको आव्हानलाइ मध्यनजर गर्दै  क्लबले विश्व ज्योति साकोस संगको सहकार्यमा  उक्त रक्तदान कार्यक्रमआयोजना गरेको प्रेसिडेन्ट कुइकेल बताउछन ।

लायन्स क्लब अफ काठमाडौं   डाँफेले प्रत्येक तीन तीन महिनामा नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा लायन्स क्लबका पुर्व डिस्ट्रिक गभर्नर कुमार राज सुवेदी लगायत लायन्स लिडर तथा सदस्यहरु, आयोजक संस्थाको पदाधिकारी सहित रक्तदाताहरुको उपस्थिति रहेको थियो । बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकको तर्फ बाट अध्यक्ष कुइकेलले  धन्यबाद दिएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।