पाँचबुँदे प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,असार २० ।
नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक पाँचबुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले तलका मुख्य निर्णयहरु गरेको छ।
निर्णयहरु :
१. यही असार मसान्तभित्र पार्टीको सदस्यता नवीकरण गरिसक्नुपर्ने र आउँदो साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने, व्यवस्थित गरिसक्नुपर्ने ।
२. आउँदो साउन २५ देखि २७ गतेसम्म काठमाडौंमा हुने विधान अधिवेशनका लागि पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा व्यवस्थापन समिति गठन ।
३. पार्टीका तत्लो तहका कमिटीहरुको अधिवेशनअन्तर्गत आउँदो भदौ ५ गते वडास्तरका र भदौ १५ गते पालिकास्तरका अधिवेशनहरु गर्ने ।
४. पार्टीका केन्द्रीय तहका ३२ वटा विभागहरुमा रहने सदस्यहरुको नाम सिफारिस गर्न आग्रह । स्थायी कमिटीको आउँदो बैठकले विभागमा रहने सदस्यहरुको नामावलीलाई अन्तिम रुपमा निर्णय गर्ने ।
५. आम निर्वाचन, स्थानीय निर्वाचनको तयारीमा जुट्न पार्टीका सबै कमिटी, नेता, सदस्यहरुलाई अनुरोध ।