जेभियर इन्टरनेशनल कलेजलाई वर्ल्ड लिडर समिट अवार्ड

कपन अनलाइन

काठमाडौँ, असार १७ / नविना श्रेष्ठ

काठमाडौंको कालोपुलमा रहेकाे जेभियर इन्टरनेशनल कलेजले वर्ल्ड  लिडर समिट अवार्ड पाएको  छ। शैक्षिक क्षेत्रमा पुयाएको असिमित याेगदान र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेकाले इन्टरनेशनल कलेजलाई सो अवार्ड प्रदान  गरिएको हो।

निरन्तर शैक्षिक गुणस्तर र उत्कृष्ट पूर्वाधार सहित युगलाई सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानित भयको जेभियर अवार्ड कलेजका सिईओ तथा  नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले बताएका छन ।

इन्टरनेशनल सेन्टर फर यक्सिलेन्स इन एजुकेसन र स्पेस (सोसाइटी फर पेपेरचयसन अफ आर्ट कल्चर एन्ड एजुकेसन) नामक संस्थाले  विश्वभरीवाट जेभियर इन्टरनेशनल कलेजलाई गुणस्तरिय शिक्षा प्रदान गरेकोले सो अवार्ड प्रदान गरेको   जेभियर इन्टरनेशनल कलेजले जानकारी दिएको । जेभियर इन्टरनेशनल कलेज कालोपुल यस अघि पनि विभिन्न अन्तरास्ट्रीय  अवार्डवाट सम्मानित भएको छ ।

तपाइँको प्रतिक्रिया ।