Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/IMG_8802-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिकाले प्रस्ताव गरेको युवा बिशेष नीतिमा के छ ?

कपन अनलाइन

काठमाडौँ, असार १७ । गोकर्णेश्वर नगरपालिकाको सातौं नगर सभा सुरु भएको छ।  सांस्कृतिक धरोहरसहितको समृद्द शहर, धार्मिक मौलिकता र विशिष्ट अस्तित्व बोकेको गोकर्णेश्वर नगर भन्ने मूल नाराको साथमा  गोकर्णेश्वर  नगरपालिकाको ७ औं नगर सभा बिहिबार बाट सुरु भएको हो। कार्यक्रममा नगर प्रमुख सन्तोष  चालिसेले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८।०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका  थिए ।उनले प्रस्तुत गरेका आर्थिक बर्ष २०७८।०७९ को  युवा बिशेष  नीति निम्न रहेको छ ।

१) युवा बिशेष कार्यक्रम अन्तर्गत युवा आत्मनिर्भर  कार्यक्रमलाइ  प्राथमिकता दिइने,महिलाहरु द्वारा संचालित लघु उद्यम र कृषि तथा पशुपालन क्षेत्रका व्यवसायीहरुले रु १० लाख सम्मको बैंक  मार्फत लिने ऋणको ब्याजमा नगरपालिकाले शत प्रतिशत बेहोर्ने  व्यवस्था मिलाइने ।

२) युवा तथा युवतीहरुलाई लागु औषध तथा दुर्व्यसनको  कुलत बाट अलग राख्न चेतनामुलक  कार्यक्रम लगायत दुर्व्यसन बिरुद्दको अभियानहरु संचालन गरिने ।

३) युवा पुस्तामा उद्यमशिल संस्कृतिको विकास गर्न शीपमुलक व्यवसायिक र प्राबिधिक तालिम कार्यक्रमको व्यवस्था गरिने ।

४) वैदेशिक  रोजगार बाट फर्केका जनशक्ति तथा संगठित युवा जनशक्तिले आर्जन गरेको सीप, ज्ञान, क्षमतालाइ उद्यमशिलता स्वरोजगार र व्यावसायिक  कार्य  मार्फत उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीति अवलम्बन गरिने ।

५)गरिब जेहेन्दार र जिज्ञासु युवा/ युवतीहरुका लागि अआधुनिक बिधि/ प्रबिधि अध्ययन सम्बन्धि कार्यक्रम/ कार्यशाला संचालन  गरिने ।

६) स्काउट मार्फत  युवामा असल आचरण,  स्वाबलम्बन  र स्वयमसेवी भावनाको विकास गर्दै मानबिय सेवा र विपद व्यवस्थापन जस्ता क्षेत्रमा परिचालन गर्न गोकर्णेश्वर स्काउट स्थापना गरिने ।

७) युवा वर्गलाइ  परिवार समाज र  राष्ट्रप्रति थप जिम्मेवार एबम उत्तरदायी  बनाउन युवा जागरण अभियान संचालन गरिने ।

तपाइँको प्रतिक्रिया ।