जातीय छुवाछुतका विषयमा रास्ट्रिय दलित आयोग र महान्याधिवक्ता विच गम्भीर छलफल

कपन अनलाइन

काठमाण्डौ ,असार १५।

रास्ट्रिय दलित आयोग र महान्याधिवक्ता विच जातीय छुवाछुतका विषयमा गम्भीर छलफल भएको छ। रास्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्मा ,सदस्य सुन्दर पुर्कुटी र महान्यायाधिवक्ता रमेश बडाल विच देशमा भैरहेका जातीय छुवाछुतका दुखद घटनाको वारेमा गम्भीरता पुर्वक छलफल भएको थियो।

आयोगले  अहिले देशमा घटिरहेको घट्नालाई संमेदनशिल भएर सत्य तथ्य सहित जातिय विभेद तथा अन्य सामाजिक भेदभाव कसुर सजाय ऐन २०६८ अन्तरगत अगाडि बढाउनका लागि महान्यायाधिवक्तालाई अनुरोध गरेको थियो।सो अवसरमा महान्यायाधिवक्ता बडालले  यस्रो कसुर गर्नेलाई  कानुले ब्यवस्था गरे बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने बताएका थिए।

५ वर्ष पहिले भएको  काभ्रेका अजित मिझारको हत्यामा आयोगको चासो :

त्यस्तै सो भेटमा आयोगको टोलीले २०७३ शालमा अन्तरजातीय विवाह गरेको आरोपमा धादिङ जिल्लामा हत्या गरिएका अजित मिझारको विषयमा पनि ध्यानाकर्षण गराएको थियो।

मिझारको शव अझै त्रिवी शिक्षण अस्पतालमा रहेको जानकारी गराउदै आयोगले हत्यामा संलग्न भनेका छुटिसकेको अवस्थामा अपनी  मृतकका परिवारले अझै न्याय नपाएको तर्फ गम्भीर बनिदिन  महान्याधिवक्तालाई आग्रह गरेको थियो।

सो मुद्दामा आफुले अध्ययन गरेपछि आवस्यक प्रक्रिया अगाडी बढाउने जानकारी दिदै महान्याधिवक्ता बडालले सुझाव र सूचनाका लागि धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।