नेपाली कांग्रेसका तिन नेताको लञ्च मिटिङ : शुक्रबार केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असार १५।

महाधिवेशन नजिकिदै जादा कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले  छलफललाई तीव्रता दिएका छन  । मंगलबार तीन नेताबीच सिंह निवास चाक्सीबारीमा महाधिवशेन र सभापतिको उम्मेद्वारीका बिषयमा छलफल भएको हो ।

तोकिएको समयमा नै १४ औं महाधिवेशन सम्पनन गराउने र क्रियाशिल सदस्यताका साथै समायोजनाका बिषयमा छलफल भएको नेता सिंहले बताए  । उनले महाधिवेशनलाई लोकतान्त्रीक पद्धती अनुसार अघि बढाउनका लागि प्रक्रिया पुरा गरेकालाई क्रियाशिल सदस्यता दिनुपर्नेमा छलफल भएको बताएका छन  ।

अहिलेको अवस्थामा पार्टीलाई लोकतान्त्रीक पद्धती अनुसार चलाउनका लागि शुक्रबार कोइराला निवासमा सवै केन्द्रीय सदस्यहरुसंग छलफल गर्ने सहमति भएको उनको भनाई छ ।

त्यस्तै त्यसपछि यसअघिको महाधिवेशमा सभापतिको उम्मेद्वार भएकासंग पनि छलफल गर्ने जानकारी दिदै उनले छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय भएको बताएका छन।

आगामि शुक्रबार महामन्त्री शशांक काेईरालाकाे निवास टाेखामा पाटि काे १४ ओै महाधिवेशनकम सभापति का प्रत्यासि बाहेक केन्द्रीय समितिका सदस्य हरु शीत छलफल गर्ने र त्यस पछि सभापति का प्रयासि नेता हरु शीत छलफल गर्ने भएकाछन साथै महाधिवेशन ताेकियकै मिति भित्र सम्पन् गराउन समेत नेताहरु एकमत देखिएका छन । क्रियासिल सदस्यीयकाे बिवाद पनि विधि प्रक्रिया अनुरुप समयसिमा भित्र नै सम्पन्न गराउने कुरामा समेत नेताहरु विच एकमत रहेकाे बताइएकाे छ ।

सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी हुनुहुन्छ । निधि वर्तमान सभापति शेरबहादुर देउवा निकट मानिन्छन  भने सिंह र कोइराला संस्थापन इतरमा रहेका छन  ।

तपाइँको प्रतिक्रिया ।