ओखलढुंगाको समृद्धिका लागि कुन पार्टी र को नेता भनेर कहिल्यै हेरेको छैन :मन्त्रि अम्बिर बाबु गुरुङ

कपन अनलाइन

काठमाण्डौ ,असार १५।

प्रदेस नं १ का भौतिक पूर्वाधार विकास मन्त्रि  अम्बिर बाबु गुरुङ ओखलढुंगाको समृद्धिका लागि कुन पार्टी र को नेता ? भनेर कहिल्यै नहेरेको बताएका छन।

सिद्दी चरण नगरपालिकाको आठौ नगर सभामा संबोधन गर्दै गुरुङले प्रधानमन्त्री केपी ओलीको समृद्ध नेपाल र खुसी नेपालीको  सपना पुरा गर्नका लागि आफुले कसैलाई पनि राजनीतिक र अन्य रुपमा भेदभाव नगरेको बताएका हुन।

माथिल्लो सगरमाथा क्षेत्रमा रहेको नगरपालिकालाई नमुना बनाउनु पर्ने भन्दै मन्त्रि गुरुङले आफुले पहिला डीपीआर बनाएर योजना बढाउ भन्दा डीपीआर माननीय भनेर व्यंग्य गर्नेहरुले अहिले बल्ल कुरा बुझेको होला भन्दै काउन्टर व्यंग्य गरेका थिए।

सम्बोधनको अधीकांश समय जिल्लामा भएका पूर्वाधार विकास र योजनाहरुको जानकारीमा खर्चिएका मन्त्रि गुरुङले केहि स्थानीय तहहरुले विकासमा राजनीति मिसाएर दुख दिएको भन्दै असन्तुस्टी पोखेका थिए।

विसेषत जिल्लाको चिसंखु गढी गाउँपालिकाले एसियाली विकास बैंकको सहयोगमा बन्ने सडक निर्माणको लागि प्रक्रिया अगाडी नबढाउदा जनताले कस्ट भोग्नु परेको भन्दै गम्भीर बन्न गाउँपालिका अध्यक्षलाई आग्रह गरेका थिए।

आफु माननीय र मन्त्रि भए पनि नभए पनि सधै जिल्लाको विकासका लागि लागिरहने बताउदै मन्त्रि गुरुङले अवका दिनमा एकीकृत बस्ति विकासको अवधारणा ल्याएको पनि जानकारी दिएका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।