नैतिक : छायादत्त न्यौपाने (कविता )

नैतिक : छायादत्त न्यौपाने (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार १२ ।

लेख्ने रहर
जीवन सङ्ग्रामका कथा
घोच्ने काँडा
कसले तिखारिदियो होला ?

भाँचिन्छन् डाली
च्यातिन्छन् कोपिला यहाँ
बाँझा भित्ताहरू
बेरोजगार जन्माउँछ विश्वविद्यालय

खेलाउँदैन औजार
बाउसो चलाउँदैन शिक्षा
ठोकिन्छ भोक
भकारी बुन्दैन सिप

मागिरहन्छ सामल
बिर्सन्छ शक्तिशाली आफैलाई
खुम्च्याएर हातखुट्टा
रमाउँछ आश्रयको स्वादमा

तर्सेर सङ्घर्षदेखी
बाँच्छ कमजोर मनसँग
लडखडाउँछ सडकभरि
दाउ जुल्क्याउँछ बुत्याउन

छिमेकीको भतेर
सुन्दैन अस्तित्वको स्वर
बिउँझेको मस्तिष्क
लिएर खोज्दैन देउराली

विलासमा अल्झेर
चिथोरिरहन्छ झोपडीका भित्ताहरू
खानपिनमा अभ्यस्त
नैतिक मूल्य बिक्रीमा !

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।