गजल : रामकुमार श्रेष्ठ ‘फुच्चे’

गजल : रामकुमार श्रेष्ठ ‘फुच्चे’

कपन अनलाइन

काठमाण्डौ ,असार १२ ।

कुनै समय थियो भाईभाई आफुआफैमा डराऊथे ।
स्कुल पढ्नभनि हिडेको नाबालक बच्चा हराऊथे ।।

काख रित्याईयो सिन्दुर मेटाईयो सिऊदोको,
पार्टीको आदेश हो भन्दै सात जंघार तराऊथे ।

ऐय्याआत्था भन्दै तड्पी अन्धाधुन्दा गोलीचल्दा,
कोही भने हान हान नछोड भन्दै कराऊथे ।

आज खै सत्ता समाल्नेहरुले किन सम्झदैनन,
त्यै खोरीया र पाखामा हिजो गाईबाख्रा चराऊथे ।

मुग्लान र खाडीमा युवा ऊस्तै पिडा झेल्दैछन,
तीनैका कोमल हातले हिजो बम बारुद भराऊथे ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।