कायाकल्प : सुशील कोइराला (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार १२ ।
म भित्र – भित्रै तिमीलाई मन पराउन थाली सकेथें
मैनबत्ती झैँ आफैं आपूmलाई जलाउन थाली सकेथें
पूरा नहुने सपनाहरु सोच्दै टोलाउन थाली सकेथें
दुनियाँबाट विरह वेदना लुकाउन थाली सकेथें
चन्द्रमाको चाँदनी मैं डुबी हराउन थाली सकेथें
बतासको सुसेली मैं बही बिलाउन थाली सकेथें
तिमी हिँड्ने गल्लीमा आँखा बिच्छ्याउन थाली सकेथें
न चिन्यौ कहिले न फर्की हेर्यौ चिच्याउन थाली सकेथें
म भित्र–भित्रै तिमीलाई मन पराउन थाली सकेंथें
म तील–तील आफैं आफूलाई जलाउन थाली सकेथें
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।