राष्ट्रका अनगिन्ती आकांक्षाहरु : गंगा लिगल (कविता )

राष्ट्रका अनगिन्ती आकांक्षाहरु : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार १२ ।

राष्ट्रका अनगिन्ती आकांक्षाहरु
एक पछि अर्को गर्दै मडारिएका छन् भने
तिम्रा क्रियाशील पाखुरीहरु
सपनाको तगारोलाई नाघ्दै
उकाली र ओह्रालीको
बिकल्पलाई नसम्झी
बढाउदै लैजाउ,
अनगिन्ती प्रगतिशील भावनाहरु

यो अत्यन्त प्रगतिशील भावनाहरुलाई
वास्तविकतामा ढाल्नसके
अनि देशले प्रगतिशील
शीर्ष बिन्दु भेट्टाउने छ

यी त सबै राष्ट्रका
प्रगतिशील बाटाहरु हुन्
त्यसमा असंख्य चुनौतीहरु पनि हुन सक्छन्
यसको लागि लगन शीलताको
चयन गर्दै जाउ

ती विकल्पहरु स्वत
मरेर जान्छन
अनि स्वच्छन्द, सहज
प्रगतिका स्वच्छ मार्गहरु
पारदर्शी हुँदै जानेछन्
जस्को लागि अनुकरणीय योगदान
नितान्त आवश्यक छ,

यी राष्ट्रका अनगिन्ती आकांक्षा नअलमलिउन्
यसलाई प्रगतिका सुन्दर ज्यावलहरुले
वास्तविकतामा पथ प्रदर्शन गर्नसके
सृजनका पबित्र बीजहरु
फस्टाउँदै जनेछन्

जसले गर्दा स्वच्छ बीजमा
कुनै पनि बाधा नआवस
तसर्थ धैर्य र संयमरुपी ज्यावलको
आवश्यकतालाई मनन गर
अनि यसले स्वच्छन्द वातावरणमा हुर्केर
रमणीय पर्यावरणमा लडिबुडी खेल्नेछ

यसरी फस्टाएको प्रगतिशील कर्णाधारले
अवश्य राष्ट्रको प्रगतिशील, सुगम र सुन्दर
मापदण्ड प्राप्त गरि भविष्यमा
राष्ट्रलाई उन्नतिको कशीमा
प्राप्त गर्नेछ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।