जब ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका कर्मचारीले खाना खाने भए कांग्रेस प्रवेस गर्नुस भने ……(भिडियो )

जब ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका कर्मचारीले खाना खाने भए कांग्रेस प्रवेस गर्नुस भने ……(भिडियो )
कपन अनलाइन
काठमाण्डौ , असार ११।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाको असार १० गते भएको गाउँसभामा जनप्रतिनिधि र विपक्षी दलका प्रतिनिधिहरुको आरोप प्रत्यारोप र रोचक दोहोरीले माहोल तताएको बेला अर्को घटनाले झन चर्चा पाएको छ।
गाउँ पालिका अध्यक्ष नबराज केसी र नेकपा एमाले जिल्ला कमिटीका सचिव तिर्थ सुवेदी विच चलेको दोहोरीको राम्रै मनोरंजन लिएका गाउँ सभामा सहभागीहरुलाई अझ रमाइलो सभा पछी खाना खाने बेलामा कुपन  वितरणको समयमा भएको एक सहभागीले बताए।
गाउँ सभाको उद्घाटन शत्र समापन भएपछी खाना खाने कार्यक्रम शुरु हुँदा कुपन  माग्न गएका वडा नं ३ का स्थानीय जित बहादुर मगरलाई कुपन माग्न जाँदा कार्यालय सहयोगी खड्ग बहादुर  घिमिरेले खाना खाने भए कांग्रेस प्रवेस गर्नुपर्ने भनि भनेको कुराले त्यहाको माहोल निकै तताएको थियो।
अहिले जित बहादुर मगरले बरु भोकै बस्छु तर पार्टी प्रवेस गरेर खाना खान्न भन्दै आक्रोश व्यक्त गरेको भिडियो अहिले सामाजिक संजालमा निकै चर्चित बनेको छ।
हेर्नुहोस भिडियो :
https://youtu.be/HXJchOavYCY
तपाइँको प्रतिक्रिया ।