बुढानिलकण्ठ नगरपालिकाका सुन्दर पुर्कुटी रास्ट्रिय दलित आयोगको सदस्यमा नियुक्त

बुढानिलकण्ठ नगरपालिकाका सुन्दर पुर्कुटी रास्ट्रिय दलित आयोगको सदस्यमा नियुक्त
कपन अनलाइन
काठमाण्डौ , असार ११।

बुढानिलकण्ठ नगरपालिकाका  सुन्दर पुर्कुटी रास्ट्रिय  दलित आयोगको सदस्यमा नियुक्त भएका छन। बैशाख २६ गते बसेको संबैधानिक परिषदको बैठकले पुर्कुटीलाई आयोगको सदस्यमा नियुक्त भएका हुन् ।

२०७८ बैशाख  २६ मा संवैधानिक परिषदबाट सिफारिस भएका पुर्कुटीले  असार १० गते राष्ट्रपतिबाट नियुक्ति भई आज ११ गते राष्ट्रिय दलित आयोगका  अध्यक्षबाट सपथ ग्रहण गरेर पदभार ग्रहण गरेका हुन्।

लामो समय देखि नेपालका दलित तथा उत्पीडितहरुको हक ,अधिकार र शशक्तिकरणका लागि सक्रिय रहेका पुर्कुटीले  उपेक्षित उत्पीडित वर्ग उत्थान विकास समितिको कार्यकारी निर्देशक रहेर काम गरिसकेका छन।

पदभार ग्रहण गर्दै उनले नेपाल  लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भईसकेपनि पुरानो व्यवस्थाले थुपारेको सामाजिक र सांस्कृतिक बिकृतिहरु विध्यमान छन् । त्यस्ता बिकृतिहरु धेरै पेचिला प्रकृतिका रहेको भन्दै संविधान, ऐन र कानूनमा भएका व्यवस्थाहरुलाई आयोगका क्षेत्रधिकारको सीमामा रही यसलाई दलित समुदायको हितमा कार्यान्वयन गर्न, गराउन र आवश्यक रहँदा थप ऐन, कानून र नियमहरूको व्यवस्थापन गर्न पहल गर्ने धारणा राखेका छन।

आफुले प्राप्त गरेको जिम्मेवारीपछि फोन, सामाजिक संजाल र प्रत्यक्ष भेटेर बधाई दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद दिदै पुर्कुटीले जातीय छुवाछूत  जटिल सामाजिक बिकृति रहेको भन्दै त्यसलाई हटाउन सधै क्रियाशील भएर लाग्ने प्रतिवदत्ता ब्यक्त गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।