गोकर्णेश्वरमा ट्रीपरले ठक्कर दिँदा एक जनाको मृत्यु

कपन अनलाइन
काठमाण्डौ , असार ११।

काठमाण्डौको गोकर्णेश्वरमा ट्रीपर  ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको ज्यान गएको छ ।

गोकर्णेश्वर नगरपालिका ९ मा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरिएको छ भने मृतकको  परिचयअझै  खुलेको छैन । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाइँको प्रतिक्रिया ।