मोटरसाइकलमा आगजनि गर्ने रामेछापका दुई कार्यालय सहयोगी पक्राउ

कपन अनलाइन
काठमाण्डौ , असार ११।

मोटरसाइकलमा आगजनि गर्ने दुई जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउँसो खाँडादेवी गाउँपालिका-३ आपचौरस्थित बाटोमा बा.१९ प ७१ नम्बरको मोटरसाइकलमा आगजनी गर्ने र प्रदेश ३-०२-०१३ प १३ नं. को मोटरसाइकलमा तोडफोड गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवम् प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार खाडादेवी गाउँपालिका- ३ को वडा कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत २८ वर्षीय पदमबहादुर कार्की र ३० वर्षीय लक्ष्मण खत्रीलाई पक्राउ गरी छ। दुबै जनालाई अपराधिक उपद्रव गरेको कसुरमा बिहीबार रामेछाप जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।