ओखलढुंगा जिल्लाका एक सहित माओवादी केन्द्र छोडेका १४ जनप्रतिनिधिहरुको पद रिक्त

ओखलढुंगा जिल्लाका एक सहित माओवादी केन्द्र छोडेका १४ जनप्रतिनिधिहरुको पद रिक्त
कपन अनलाइन
काठमाण्डौ , असार ११।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर विभिन्न समयमा माओवादी केन्द्र छोडेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार  सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।यसै क्रममा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँ पालिका वडा नं ७ का अध्यक्ष सुरेस थापाको पनि पद रिक्त भएको छ।

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले रौतहटका ७, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जनालाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । यस संगै उनिहरुको पद रिक्त भएको हो ।

यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु:

janapratinidhi.JPG

तपाइँको प्रतिक्रिया ।