“दिगो पूर्वाधार बुढानिलकण्ठ -७ विकासको आधार”को नारालाई सफल बनाउदै अध्यक्ष बस नारायण महर्जन

“दिगो पूर्वाधार बुढानिलकण्ठ -७ विकासको आधार”को नारालाई सफल बनाउदै अध्यक्ष बस नारायण महर्जन

 कपन अनलाइन 

काठमाण्डौ ,असार १०।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन जनताको सेवामा निकै सक्रिय जनप्रतिनिधि हुन। बुढानिलकण्ठ नगरपालिका वडा नं ७ लाइ नमुना वडा बनाउने अभियानमा रहेका महर्जन कोरोना संक्रमणको निकै विषम परिस्थितिमा पनि पूर्वाधार र सामाजिक विकासमा निरन्तर सक्रिय रहेका छन।

वडा नं ७ मा ठुला र साना दुवै किसिमका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका उनले सामाजिक विकासका लागि पनि दर्जनौ कार्यक्रम हरु संचालन गरिरहेका छन।

वडा नं ७ का न्युरो अस्पताल-बसुन्धरा सडक ,गोल्फुटार -हेपाली -च्यासिनडोल सडक ,हात्ती गौडा -वडा नं ६ हुदै टोखा सडक,हेपाली हुदै तल्लो खत्री गाउँ सडक ,र वडा कार्यालय जाने सडक जस्ता ठुला सडक निर्माणको अन्तिम चरणमा पुगेको वडा नं ७ मा दर्जनौ साना सडक निर्माण सम्पन्न भएका छन।

पानचोक सामुदायिक भवनलाई मौलिक कला र स्वरूपमा निर्माण गरेको वडा नं ७ ले दुई वटा खानेपानीको ट्यांकी निर्माण सम्पन्न गरेको छ भने वडा कार्यालय भवन पनि निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ।

त्यस्तै व्यक्ति हडपेको युनिक टोलको ८ आना जग्गा फिर्ता ल्याएर पार्क निर्माण गरेको वडा नं ७ ले तल्लो खत्री गाउँ TIA मैदान नजिक ३ करोड लगानीमा पार्क निर्माणका लागि डीपीआर तयार गरेर टेन्डर आव्हान गरेको छ।

त्यस्तै वडामा सामाजिक विकासका लागि महिला ,जेष्ठ नागरिक ,युवा लक्षित विभिन्न कार्यक्रमहरु गरेको वडा नं ७ ले स्थानीय जात्रा तथा पर्वहरुको संरक्षण ,संचालन र प्रवर्धनलाई पनि प्राथमिकतामा राखेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ ले विभिन्न स्थानमा रहेका बाटोहरुको नक्शांकन गर्दै ढुंगा छाप्ने र विस्तार गर्ने कामलाई तीव्रता दिएको छ भने आगामी दिनमा पनि वडावासीहरुको माग र हितलाई केन्द्रमा राखेर योजना निर्माण गरेको छ।

तपाइँको प्रतिक्रिया ।