न्युछे नारायण श्रेष्ठलाई दीपक निरौलाको “काउन्टर” मा बुढानिलकण्ठका जनप्रतिनिधिको ताली

न्युछे नारायण श्रेष्ठलाई दीपक निरौलाको “काउन्टर” मा बुढानिलकण्ठका जनप्रतिनिधिको ताली

 कपन अनलाइन 

काठमाण्डौ ,असार १०।

बुढानिलकण्ठ नगरपालिकाको आठौ नगर सभामा बागमती प्रदेसका दुई जिम्मेवार प्रदेस सभा सदस्यहरु विच रोचक दोहोरी चलेको छ। नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौला र सार्वजनिक लेखा समितीका सभापति न्युछे नारायण श्रेष्ठ विच संबोधन गर्ने क्रममा रोचक दोहोरी चलेको थियो।

नगर सभामा बोल्ने क्रममा प्रदेस सभा सदस्य श्रेष्ठले नगर प्रमुखको चर्को आलोचना गर्नमा समय खर्च गरेपछि उनि भन्दा पछाडी बोलेका निरौलाले “काउन्टर” दिँदा हलमा उपस्थित जनप्रतिनिधिहरुले ताली बजाएर समर्थन गरेका थिए। आफ्ना नगर प्रमुखको आलोचना भएकोमा आक्रोसित देखिएका जनप्रतिनिधिहरु निरौलाले मन्तव्य दिंदा उत्साहित बनेका थिए।

आफ्नो मन्तव्य राख्ने क्रममा प्रदेस सभा सदस्य श्रेष्ठले बुढानिलकण्ठमा कांग्रेस जस्तो सहयोगी र सालिन प्रतिपक्ष पाउँदा पनि काम नगरेको आरोप लगाउदै नगर प्रमुख उद्धव खरेलले संघीय र प्रदेस सांसदहरुको उपेक्षा गरेको भन्दै आक्रोस व्यक्त गरेका थिए।

नगरपालिकाका १९ वटा सार्वजनिक र सामुदायिक विद्यालयमा व्यवस्थापन समिती गठन गर्दा एकलौटी गरेको पिडा बाहिर निकाल्दै श्रेष्ठले नगरपालिकाको विकासमा ४ वर्ष के गर्नुभयो ? भनि नगर प्रमुखलाई प्रश्न गरेका थिए।

संघीय र प्रदेसमा रहेका सासंदहरुको वेवास्ता गर्दै  नगरपालिकामा भएका  नचाहिने कामले गर्दा नेकपा एमाले सकिने उद्घोष गर्दै श्रेष्ठले नगर अस्पताल निर्माणको पनि प्रसंग उठाएका थिए।

निकै आलोचनात्मक रुपमा प्रस्तुत भएका उनले नगरपालिकाले राजनीतिक भेदभाव गरेको आरोप लगाउदै चर्को आलोचना गरेपछि बोल्न आएका निरौलाले त्यसको काउन्टर दिएका थिए।

नगर सभामा नगरपालिकाको नीति कार्यक्रम तथा बजेट माथि छलफल गर्नु पर्ने मंच रहेको भन्दै निरौलाले यो कसैको रोइलो गर्ने ठाउँ नभएको बताएका थिए। सांसदहरुले नगर सभामा आएर रचनात्मक सुझाव र योजनाहरु दिनुपर्ने ठाउमा अनावस्यक चित्त दुखाईको कुनै अर्थ नरहेको भन्दै उनले संघीय ,प्रदेस र स्थानीय तहमा नेकपा एमालेको सरकार भएकोले बजेट कसले ल्यायो र जनताको कम कसले गर्यो ? भन्ने ऐना जत्तिकै स्पस्ट रहेको बताएका थिए।

चुनावको मुखमा आचार संहिता छलेर हतारमा गलत उदेस्यले नगर अस्पताल बनाउन खोज्दा त्यसको हालत के भयो ? त्यो वडा नं ८ लोकेश्वर मन्दिरमा रहेको अलपत्र संरचनाले देखाउने र त्यो हेर्न आग्रह गर्दै निरौलाले त्यहा करोडौ जनताको पैसा डुबे पछी नगरपालिका आफैले वडा नं १० मा नगर अस्पताल बनाउनु राम्रो कम भएको भन्दै प्रसंशा गरेका थिए।

नगरपालिकाले ४ वर्षमा के गर्यो भने श्रेष्ठको प्रश्नमा प्रदेस सभा सदस्य निरौलाले नगरपालिकाका ३० हजार घर धुरी मध्ये १७ हजारमा खानेपानीको सुविधा पुगेको र बाँकीमा पुग्ने चरणमा रहेको भन्दै ठुला साना सडक र पूर्वाधारमा नेपाल सरकारको बजेट पर्याप्त परेको र त्यसको विवरण हेर्नका लागि पनि आग्रह गरेका थिए।

अवका दिनमा नेकपा एमाले हैन नगर अस्पताल जस्तै नचाहिने स्टन्ट गर्दा नेपाली कांग्रेस सकिने स्थिति रहेको भन्दै निरौलाले वडा नं १३ मा रहेको सुवर्ण शमशेर क्रिकेट मैदानको निर्माणका लागि आफुले नगर प्रमुख र वडा अध्यक्षलाई समितीको पदेन सदस्य बनाउने प्रस्ताव गर्दा कांग्रेसले ठाडै अस्विकार गरेको नगर सभालाई जानकारी गराएका थिए।

पार्टी र नेता जसको नाममा भएपनि नगरपालिकामा ठुलो पूर्वाधार बन्ने भन्दै आफुले गरेको पहललाई नेपाली कांग्रेसले ठाडै अस्विकार गर्नुको कारण बागमती प्रदेस महालेखा नियन्त्रकको कार्यालयले दिएको प्रतिवेदनमा साढे १० लाख अपचलन भएकोले  फिर्ता गर्ने निर्णयले  प्रस्ट पारेको भन्दै निरौलाले अरुलाई एउटा  औला उठाउदा चार वटा आफै तिर फर्केका हुन्छन भन्ने बुझ्नुपर्ने भन्दै श्रेष्ठ प्रति कटाक्ष गरेका थिए।

लाखौ रकम अपचलन भएको तथ्यलाई लुकाउन नेपाली कांग्रेसले सो मैदान निर्माणमा नगरपालिकाको सहभागिता नचाहेको देखिने भन्दै निरौलाले त्यहाँ भएको करोडौ खर्चको हिसाव अव हरेक पटक नगरवासीले माग्ने धारणा राखेका थिए।

राजनीतिक सदभाव र संस्कार सहितको विकास कस्तो हुन्छ ? नेपाली कांग्रेसको नेतृत्व रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं  ४ र ६ मा आएर हेर्न श्रेष्ठलाई निमन्त्रणा गर्दै प्रदेस सभा सदस्य निरौलाले ठाउ न कु ठाउ बेतुकमा  रुवाइ गर्नुको कुनै अर्थ नहुने धारणा राखेका थिए।

आफुले आफ्नो निर्वाचन क्षेत्रमा राजनीतिक दल र पक्षधरता नहेरी योजना निर्माण र तर्जुमामा सबै जनप्रतिनिधिलाई सम्मान जनक रुपमा सहभागी बनाएको बताउदै निरौलाले चर्को श्वरमा कराउने नगरपालिका भन्दा  माथिल्लो तहमा रहेका जनप्रतिनिधिहरुले आफ्नो घर ,आँगन ,टोल र गाउँको मात्रै विकास गर्ने साँघुरो सोच फ्याकेर समग्र नगरपालिकाको विकासमा सक्रिय भूमिका र रचनात्मक सुझाव प्रदान गर्न आग्रह गरेका थिए।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।