काेराेना संक्रमणका बिरामीहरूले गाँजालाई औषधिका रुपमा प्रयाेग गर्न सक्ने दावी

कपन अनलाइन

काठमाण्डौ ,असार ९ ।

काेराेना संक्रमणका बिरामीहरूले गाँजालाई औषधिजन्य पदार्थका रूपमा प्रयाेग गर्न सक्ने थाइल्याण्ड मेडिकल रिसर्च इन्स्टिच्यूटले दावी गरेकाे छ।

थाइल्याण्डको   स्वास्थ्य मन्त्रालयकाे चिकित्सा विज्ञान विभागले गाँजाबाट विभिन्न राेगका बिरामीहरूलाई उपचारमा फाइदा हुने तर्क अघि सारेकाे छ।

कोराेना संक्रमित बिरामीकाे फोक्साेमा देखिएकाे समस्या गाँजाकाे जराले निकाे पार्ने दावी गर्दै  रिसर्च इन्स्टिच्यूटले गाँजा प्रयाेगले बिग्रदाे स्वास्थ्य अवस्थामा समेत थप सुधार हुने अध्ययनकर्ताहरूकाे भनाइ छ।

थाइल्याण्डका उपप्रधान तथा जनस्वास्थ्य मन्त्री अनुटिन चर्नविराकुलले साेमबार गाँजाबाट बनेकाे औषधिजन्य पदार्थकाे अवलाेकन तथा उद्घाटन गर्दै थाइ जनताले काेराेनाभाइरसकाे त्रासबाट छिट्टै मुक्ति पाउने बताएका छन्। सो अवसरमा उनले  देशभर नै विभिन्न रोगहरूको उपचारमा गाँजाकाे गुणबारे अध्ययन र अनुसन्धान गर्दै लैजाले उनले स्पष्ट पारे।

गाँजा औषधिजन्य पदार्थका रूपमा मात्रै नभइ भविष्यमा राष्ट्रिय अर्थतन्त्रसँग पनि जाेडिने महत्वपूर्ण पाटाे भएकाे जनस्वास्थ्य चर्नविराकुलले बताएका छन्।

गाँजालाई छुट दिनेमा थाइल्याण्ड दक्षिण पूर्वी एसियामा पहिलो मुलुक मानिन्छ। त्यहाका  मुख्य शहरका रेष्टुरेन्टहरूमा गाँजाबाट बनेका खानेकुरा र चिसाे पदार्थसमेत बेच बिखन हुने गर्दछ ।

त्यस्तै  गाँजा संसारमा सबैभन्दा लोकप्रिय औषधि भएको थाइल्याण्ड मेडिकल रिसर्च इन्स्टिच्यूटले बताएकाे छ।फोटो : द स्ट्याण्डर्ड

तपाइँको प्रतिक्रिया ।