साइनो : दिवाकरप्रसाद आचार्य (कविता )

साइनो : दिवाकरप्रसाद आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार ७।

बाजे बराजु फुपू सासू र नन्द नाति ।
लोग्ने र बाबु भतिजा गुरुमा पनाति ।
जेठाजु देवर बज्यै ससुरो फूपाज्यू ।
सौता जहार मितिनी मीत औ भिनाज्यू ।

भाउज्यू बुहारी फिर भाइ र काकी आमा ।
माइज्यू दिदी र बहिनी भतिजी र मामा ।
जेठान श्रीमती भदै गुरु जेठी–सासू ।
जेठानी भान्जी र जुवाइँ र साली दाजु ।

भान्जा छोरा छोरी र नातिनी देउरानी ।
आमाज्यू धाई र पनातिनी औ जेठानी ।
मामा–ससुरा फुपू–सासू र नन्द काका ।
भान्जी–बुहारी सानीमा कति साइनो लाका ।

फुपू–चेला मामा–चेला अनि माइज्यू–सासू ।
लेख्छु म सरकारी यहाँ जतिसम्म पाछु ।
साढुदाइ साढुभाइ ठुली सानी–आमा ।
छोड्छु म लेख्न अबता अति छन यी लामा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।