विष्णुदेवी अस्पताल कीर्तिपुरमा आज देखि वहिरंग सेवा (ओपिडि) सञ्चालनमा

विष्णुदेवी अस्पताल कीर्तिपुरमा आज देखि वहिरंग सेवा (ओपिडि) सञ्चालनमा

कपन अनलाइन 

कीर्तिपुर, असार ६। कीर्तिपुर नगरपालिकामा  १ मा रहेको विष्णुदेवी अस्पतालमा आज देखि वहिरंग सेवा (ओपिडि) सञ्चालनमा आएको छ । १५ शैयाको उक्त   अस्पतालमा  वहिरंग सेवा (ओपिडि)को आज एक कार्यक्रमका बीच नगर प्रमुख रमेश महर्जनले  उद्घाटन गरेका हुन ।दैनिक बिहान ८ बजे देखि साँझ ६ बजे सम्म उक्त सेवा उपलब्ध हुने नगरपालिकाले जनाएको छ।

 

उक्त असपतालमा चाडै नै २४ सै घण्टा आकस्मिक (इमर्जेन्सी) सेवा र ल्याव लगायतको सेवा पनि बिस्तार गर्दै  लैजाने नगरपालिकाको योजना रहेको कार्यक्रममा बताइएको  थियो।

उक्त अस्पतालमा नेपाल सरकारद्वारा वितरित निःशुल्क औषधि पनि उपलब्ध गराइने जानकारी गराइएको थियो । उद्घाटन कार्यक्रममा नगर उप प्रमुख सरस्वती खड्का सहित जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।