सिन्धुपाल्चोकका बाढी पिडितहरुलाई नेपाल खेलकुद महासंघको सहयोग

सिन्धुपाल्चोकका बाढी पिडितहरुलाई नेपाल खेलकुद महासंघको सहयोग

कपन अनलाइन

काठमाण्डौ, असार ६।

नेपाल खेलकुद महासंघले सिन्धुपाल्चोक जिल्लाका बाढी पिडितहरुलाई सहयोग गरेको छ। महासंघका केन्द्रिय अध्यक्ष पुरुषोत्तम पौडेलको अध्यक्षतामा जुम प्रविधि प्रयोग गर्दै बसेको बैठकको निर्णय अनुसार उक्त सहयोग गरिएको हो।

असार १ गते देखि आएको बाढीले पुर्याएको अकल्पनीय क्षेती प्रति दुख ब्यक्त गर्दै महासंघले सो क्षेत्रमा राहत सामाग्री पठाएको हो। महासंघका काठमाण्डौ जिल्ला इन्चार्ज केशव श्रेष्ठको पहलमा व्यवस्थापन गरिएको सामाग्री केन्द्रिय महासचिव धर्म कुमार क्षेष्ट र हरि महर्जनको नेतृत्व सिन्धुपाल्चोक लागिएको थियो।

पहिलो चरणमा खाद्यान्न लगायतका सामाग्री सहयोग गरिएको जानकारी दिदै इन्चार्ज केशव श्रेष्ठले आगामी दिनमा पनि थप मानवीय सहयोग जारी राख्ने बताएका छन।

तपाइँको प्रतिक्रिया ।