सिन्धुपाल्चोक बाढी पहिरो प्रभावितहरुलाई लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१को सहयोग
कपन अनलाइन
काठमाडौं, असार ५। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपलिका र मेलम्ची नगरपालिकामा मेलम्ची खोला तथा इन्द्रावती नदीमा आएको बाढी पहिरो प्रभावितहरुको लागि राहत प्रदान गरेको छ ।लगातार वर्षाका कारण नेपालका विभिन्न ठाउँमा बाढीपहिरोका कारण निकै जनधनको क्षति भएको छ। अझ सिन्धुपाल्चोकको मेलम्ची बजार निकै प्रभावित बनेको छ।
बाढी र हिलोले घरहरु पुरिनुका साथै मेलम्ची बजार नै बगरमा परिणत भएको छ। जसकारण धेरै मानिसहरु घरविहीन भएका छन्। मेलम्चीमा बाढीका कारण प्रभावित भएकाहरुलाई सहयोग गर्न लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले लायन्स सदस्यहरुलाई अपिल गर्नुको साथै प्रथम चरणको राहत सामग्री बोकेर लायन्स सदस्यहरु मेलम्ची पुगेका हुन। राहत वितरण गर्न पुगेका लायन्स सदस्यहरुले केहि बेर अकल्पनीय क्षेति बेहोरेका सो क्षेत्रका स्थानीयहरुले तुरुन्त सुरक्षित स्थानमा बासको व्यवस्था गर्नका लागि आग्रह गर्दै मेलम्चीमा विरोध प्रदर्शन गर्दा केहि बेर अलमलमा परे पनि अन्तत उक्त मेलम्ची नगरपालिका उप प्रमुख भगवती नेपाललाइ प्रदान गरि फर्किएको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का पुर्व गभर्नर एबम हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवालले कपन अनलाइनलाइ जानकारी गराए।
क्लबले बाढी तथा पहिरो पीडितका लागिटुथ ब्रस ५ सय पिस,टुथ पेस्ट ५ सय पिस,ह्याण्ड सोप ५ सय पिस,स्यानीटरी प्याड ५ सय प्याकेट,बच्चाहरुको लागि १३५ जोर लुगा,ब्ल्यांकेट १५० पिस,झुल सय पिस, मास्क ५सय पिसको साथै २२ सय केजी तरकारी डिस्ट्रिक गभर्नर लायन टंकबहादुर श्रेष्ठले मेलम्ची नगरपालिकाकि उप प्रमुख भगवती नेपाललाइ हस्तान्तरण गरेका थिए । लायन्स क्लबले पहिलो चरणमा केहि सहयोग गरेको र आगामी दिनमा त्यहाको आवश्यकता अनुसार सकेको सहयोग गर्दै जाने डिस्ट्रिक गभर्नर टंक बहादुर श्रेष्ठले जानकारी गराएका थिए । बिपतमा सहयोग गरेकोमा उप प्रमुख भगवती नेपालले लायन्स क्लबलाइ धन्यवाद दिएकी थिइन ।