घोषणा पत्र खल्तीमा बोकेर जनताको सेवामा सक्रिय बुढानिलकण्ठ -१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई

घोषणा पत्र खल्तीमा बोकेर जनताको सेवामा सक्रिय बुढानिलकण्ठ -१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई

कपन अनलाइन

काठमाण्डौ,असार ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई बिहान करिव ५.३० बजेको समयमा वडा कार्यालय नजिकै निलो माइक्रो बस पार्कमा भेटिए। बिहान प्रात कालिन भ्रमणमा हरेक दिन वडाका फरक फरक स्थानमा जाने गरेका उनि आज सो क्षेत्रमा आएका थिए।

हरेक दिन बिहान वडावासीहरु संग छलफल र अन्तरक्रिया गर्ने तालिका बनाएर निस्कने वडा अध्यक्ष भट्टराईले हामी संगको भेटमा आफुले घोषणा पत्रलाई खल्तीमा बोकेर काम गरिरहेको बताए।

क्षेत्रफलमा बुढानिलकण्ठ नगरपालिकाको सबै भन्दा सानो वडा भए पनि बजेट र काममा भने जुन सुकै वडा संग पनि प्रतिस्पर्धा गर्न सक्ने गरी काम भएको बताउदै उनले हामीलाई घोषणा पत्र पल्टाएर हेर्न चुनौती समेत दिए।

वडा नं १२ मा केन्द्रिय टेन्डर लागेका टेलिकम र ढुंगेन -खरिबोट सडक बाहेक अन्य स्थानमा सडक निर्माण पुरा भएको बताउदै उनले भित्रि गल्लिहरुमा करिव ९५ प्रतिसत निर्माण सम्पन्न भैसकेको दावी गरेका छन।

पटक पटक घोषणा पत्रलाई आधार बनाएर सरोकारवालाहरु संग अन्तरक्रिया र छलफल गरेका उनले ठुलो पूर्वाधार निर्माण गर्ने सपना र अवसर रहेपनि स्थान अभावका कारण त्यो पुरा हुन् नसकेको गुनासो सुनाउदै खानेपानी ,ढल व्यवस्थापन र अन्य पूर्वाधार विकासमा वडाले फड्को मारेको दावी गरेका छन।

पूर्ण प्रकास नेपाल यात्री पुस्तकालय स्थापना,मनमोहन जेष्ठ नागरिक भवन निर्माण,ढुंगेनमा सार्वजनिक सौचालय निर्माण शुभारम्भ, घटराज साहित्य अध्यन केन्द्रको प्रारम्भिक अध्ययनको शुरुवात जस्ता कामहरुलाई ४ वर्ष २५ दिनमा सम्पन्न गरेको बताउदै अध्यक्ष भट्टराईले अवको मुख्य ध्यान डुवान समस्या समाधानमा रहने र त्यसका लागि टेन्डर आव्हान भएर कम शुरु भैसकेको जानकारी दिएका छन।

वडा नं १२ को एक मात्र सामुदायिक विद्यालय बालकुमारी आधारभूत विद्यालयको शैक्षिक र भौतिक सुधार गरी एक वर्षमै सात प्रतिसत विद्यार्थी वृद्धि गर्न सफल हुनु वडाको लागि गर्वको विषय भएको भन्दै उनले अव घोषणा पत्रमा उल्लेख गरिए अनुसार मावी र सो भन्दा माथिको तहमा विद्यालयलाई लैजाने तयारी शुरु गरिसकेको जानकारी दिएका छन।

त्यस्तै महिला ,युवा ,जेष्ठ नागरिक तथा बौद्धिक वर्गहरुको हितका लागि कुनै राजनीतिक र अन्य कारणमा पक्षपात नगरी अभियानहरु संचालन गरिएकोले वडा नं १२ ले विकासमा फडको मारेको दावी गर्दै भट्टराईले वडाको गौरवको योजनाका रुपमा सुविधा सम्पन्न वडा कार्यालय निर्माणका लागि घनिभूत छलफलमा रहेको जानकारी दिएका छन।

कोरोना प्रकोप ,वडाको योजना निर्माण र अन्य महत्वपूर्ण विषयमा वडाका सबै राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरु संग व्यापक छलफल गर्ने राजनीतिक संस्कारको विकास वडा नं १२ मा गरेको दावी गर्दै अध्यक्ष भट्टराईले यस वर्षको बजेटमा युवा र रचनात्मक गतिविधिलाई प्राथमिकता दिने जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।