फिलामेन्ट स्वयंसेवक समुह नेपालको “हुने ले दिने र नहुनेले लिने” अभियान जारी

फिलामेन्ट स्वयंसेवक समुह नेपालको “हुने ले दिने र नहुनेले लिने” अभियान जारी

कपन अनलाइन

काठमाडौं, असार ५। बुढानिलकण्ठ नगरपालिका वडा नं १० आकाशेधारामा राहत वितरण गरिएको छ  ।फिलामेन्ट स्वयंसेवक समुह नेपाल आयोजनामा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको निषेधाज्ञाको कारण समस्यामा परेका ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई  राहत वितरण गरेको हो।

संस्थाले “हुने ले दिने र नहुने ले लिने” अभियान अन्तरगत बिगत ५ दिन देखि राहत वितरण गर्दै आएको समाजसेवी एबम अभियन्ता अक्कल बहादुर तामाङले कपन अनलाइनलाइ जानकारी गराए। अभियानको पाँचौ दिन सम्म आई पुग्दा करिब २सय परिवारलाइ राहत वितरण गरिसके पनि उनले  जानकारी गराए  ।

उनले उक्त अभियानलाइ निरन्तर रुपमा खाद्यान्न प्रदान गरि सहयोग गर्ने  समाजसेवी जगत बहादुर तामाङको ठुलो भूमिका रहेको जानकारी गराउदै सो अभियानमा निस्वार्थ रुपमा धेरै सहयोगी दाताको पनि उत्तिकै सहयोग रहेको पनि जानकारी गराए।

उनले अभियानलाइ सहयोग गर्ने सबैलाई धन्यबाद दिदै उक्त अभियानलाइ सहयोग गर्न चाहानु हुने दाताहरुलेकृष्ण माया तामाङ ९८५११५१८१६ सुदर्शन वस्नेत ९८४१४४३०३९ मा सम्पर्क गर्न सकिने पनि जानकारी गराए ।साथै कोहि राशन नपाएर बिचल्लीमा परेका छन भने पनि माथिको नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।