सिन्धुपाल्चोकका बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने बागमती प्रदेश विपत व्यवस्थापन समितिको निर्णय

सिन्धुपाल्चोकका बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने बागमती प्रदेश विपत व्यवस्थापन समितिको निर्णय

कपन अनलाइन

काठमाण्डौ,असार ४।

बागमती प्रदेश विपत व्यवस्थापन निर्देशन समितिले विपतका घटना बढेकाले राहत र उद्धारमा जुट्न विपत व्यवस्थापन कार्यकारी समिति र मन्त्रालयहरुलाई निर्देशन दिएको छ । समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने निर्णय गरेको छ ।

बैठकले मनसुनी प्रभाव शुरु भइसकेको र सरदरभन्दा बढी वर्षा हुने सम्बन्धित निकायहरुबाट पूर्वानुमानसमेत भएको हुँदा बाढी, पहिरो, डुबान, भूक्षय जस्ता घटनाहरुबाट हुनसक्ने धनजनको क्षति न्युनीकरण गर्न आवश्यक तयारी, उद्धार तथा राहतका कार्यहरु प्रभावकारी बनाउन प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा रहेको विपत व्यवस्थापन कार्यकारी समिति र प्रदेशका सबै मन्त्रालयहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

उक्त  बैठकले विश्वव्यापीरुपमा फैलिरहेको नयाँ ‘भेरियन्ट’ सहितको कोभिड १९ सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारकार्य गर्न कोरोना भाइरस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताबाट सिङ्गटी अस्पताल, दोलखालाई रु। २० लाख, नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई९धुलिखेल अस्पतालमार्फत० रु। २० लाख, नुवाकोट सिटी कम्युनिटी अस्पताललाई रु। ३० लाख, नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुरलाई रु। ३५ लाख, मनमोहन मेमोरियल सामुदायिक अस्पताल, काठमाण्डौंलाई रु। ५० लाख र ख्वप अस्पताल, भक्तपुरलाई रु १ करोड रकम सामाजिक विकास मन्त्रालयमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया ।