हाल सम्म गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

हाल सम्म गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

कपन अनलाइन

काठमाडौं,असार ३। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ असार २ गते सम्ममा १९२१ जना पुरुष र १७३२  जना महिला गरि कुल  ३ हजार ६ सय ५३  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १०७ जना पुरुष र ६९ जना महिला गरि कुल १७६ जना

वडा नं २ मा १०६ जना पुरुष र ८० जना महिला गरि कुल १८६ जना

वडा नं३ मा ९२ जना पुरुष र ८० जना महिला गरि कुल १७२  जना

वडा नं ४ मा २६५ जना पुरुष र २३१ जना महिला गरि कुल ४९६ जना

वडा  नं ५ मा  ३०८जना पुरुष र  २४८  जना महिला गरि  ५५६ जना

वडा नं ६ मा ४३५ जना पुरुष र ४०४ जना महिला गरि ८३९ जना

वडा नं ७ मा ११७ जना पुरुष र ११६ जना महिला गरि कुल २३३ जना

वडा नं  ८ मा ३८८ जना पुरुष र ३९३ जना महिला गरि कुल ७८१ जना

वडा नं ९ मा १०३ जना पुरुष र १११ जना महिला गरि कुल २१४ जना संक्रमित   रहेको  जनाएको छ।हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ८३९ जनामा कोरोना संक्रमित भेटिएको जानकारी गराएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।