हाल सम्म गोकर्णेश्वर नगरपालिकाका ३ हजार ३ सय ६९ जनाले कोरोना जिते

हाल सम्म गोकर्णेश्वर नगरपालिकाका ३ हजार ३ सय ६९ जनाले कोरोना जिते

कपन अनलाइन

काठमाडौं, असार ३ ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ असार २ गते सम्ममा १९२१ जना पुरुष र १७३२ जना महिला गरि कुल ३ हजार ६ सय ५३  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।कुल संक्रमित मध्ये  १७६२जना पुरुष र  १६०७ जना महिला गरि कुल  ३ हजार ३ सय ६९ जनाले  कोरोना जितेका छन  ।

हाल सम्म नगरपालिकाका  ३० जना पुरुष र २६ जना महिला गरि कुल ५६ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा १२९जना पुरुष र ९९ जना महिला गरि कुल २२८ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको  छ ।हाल सम्म  ५ जना पुरुष र ४जना महिला गरि कुल ९ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने १२४ जना पुरुष र ९५ जना महिला गरि कुल २१९ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।

हाल सम्म नगरपालिकामा  १७८१ जना पुरुष र १५२८ जना महिला गरि कुल ३३०९ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा २०१ जना पुरुष र १८४ जना महिला गरि ३८५ जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले  २६१० जना पुरुष र २३११ जना महिला गरि कुल ४९२१ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ ।

त्यसै गरि नगरपालिकाको गोकर्ण  प्राथमिक अस्पताल  अस्थाई  कोभिड आइसोलेसन  सेन्टरमा हाल सम्म १५ पुरुष र ११जना महिला गरि २६ जना रहेको जानकारी गराइएको छ भने हाल सम्म उक्त आइसोलेसन बाट ३ जना पुरुष र ५ जना महिला गरि कुल ८ जना डिस्चार्ज भएको पनि जानकारी गराएको छ । त्यसै  गरि हाल सम्म उक्त आइसोलेसन केन्द्र बाट ३ जना पुरुष र २ जना महिलालाइ अन्यत्र स्थानान्तरण गरिएको पनि जानकारी गराएको छ । कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सन्तोष चालिसेले अनुरोध  गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।