स्वास्थमन्त्री तामाङको पहलमा काठमाडौंका मेयरले घोषणा गरे सिन्धुपाल्चोकका बाढी पहिरो पीडितको लागि २ करोड
कपन अनलाइन
काठमाडौं,असार३। स्वास्थ तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङको पहलमा काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बढी तथा पहिरो पिडितको लागि २ करोड बिनियोजन गरेको छ ।
मन्त्री तामाङको विशेष अनुरोधमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २ करोड बिनियोजन गरेका हुन् । आज विहान मन्त्री तामाङले मेयर शाक्यलाई कार्यालयमै बोलाएर भेटेपछि मेयर शाक्यले राहत घोषणा गरेका हुन् । अहिलेलाई २ करोड सहयोग उपलब्ध गराउने र आवश्यक परे थप सहयोग गर्न मेयर शाक्य तयार रहेको मेयरले जनएको मन्त्रीको सचिवालयले बताएको छ ।मन्त्री तामाङकै पहलमा अनेरास्ववियु युवा संघ लगाएत विभिन्न संघ संस्था राहत लिएर सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन् ।
तपाइँको प्रतिक्रिया ।