तत्काल उद्धार र राहतमा खटिन कार्यकर्तालाई नेपाली कांग्रेसका सभापति देउवाको निर्देशन
कपन अनलाइन
काठमाडौं असार २ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्षाका कारण क्षति पुगेको देशका विभिन्न स्थानमा तत्काल उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज विहान सामाजिक संजाल माफर्त बर्षाका कारण क्षति आ-आफ्नो क्षेत्रमा तत्काल उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिएका हुन ।उनले सामाजिक संजालमा लेखेका छन् ‘केहि दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा क्षति हुन थालेको छ । कठिन अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुलाई तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।’ उनले विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्न र उनीहरुलाई आवश्यक राहत प्याकेजको घोषणा गर्न सरकारसँग मागसमेत गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।