पानीको सतह बढे संगै कोशी ब्यारेजको १२ ढोका खोलियो

पानीको सतह बढे संगै कोशी ब्यारेजको १२ ढोका खोलियो

कपन अनलाइन

काठमाडौं, असार २ ।मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन । अहिलेसम्म कोशीले खतराको तह भने  पार गरिसकेको छैन पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था  नभएको नदी किनार आसपासको क्षेत्रमा निरन्तर अवलोकन गरिरहेका जानकारी दिएका छन ।सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र ढुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ ।

तपाइँको प्रतिक्रिया ।