पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने

कपन अनलाइन 

काठमाडौँ, असार २ पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

ज्वरो  र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

तपाइँको प्रतिक्रिया ।