सिन्धुपाल्चोकका बाढी पिडित जनताको उद्दारमा सक्रिय हुन नेपाल खेलकुद महासंघको अपिल

सिन्धुपाल्चोकका बाढी पिडित जनताको उद्दारमा सक्रिय हुन नेपाल खेलकुद महासंघको अपिल

कपन अनलाइन

काठमाडौं, असार २।

सिन्धुपाल्चोकका बाढी पिडित जनताको राहत र उद्दारमा सक्रिय हुन नेपाल खेलकुद महासंघले अपिल गरेको छ। महासंघका अध्यक्ष रमेस पौडेलले संकटको  घडीमा उद्दार र राहतका लागि सम्पुर्ण रुपमा परिचालित हुन आव्हान गरेका छन।

मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले सयौ जनता र अरबौको क्षेत्ति भएको दुखद परिस्थितिमा सबैले आ आफ्नो ठाउ बाट राहत तथा उद्दारका लागि खट्नु पर्ने बेला आएको भन्दै अध्यक्ष पौडेलले महासंघका सबै नेता तथा कार्यकर्ताहरुलाई विपदमा आफ्नो दायित्व निर्वाह गर्नका लागि निर्देसन दिएका छन।

मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको उल्लेख गर्दै अध्यक्ष पौडेलले सिन्धुपाल्चोकका जनताहरु प्रति सहानुभूति प्रकट गर्दै देस विदेशमा रहेका सबैलाई प्राथना र सहयोगका लागि आग्रह गरेका छन।

तपाइँको प्रतिक्रिया ।