टोखा नगरपालिकाका कृषकहरुलाइ हाते ट्रयाक्टर प्रदान

टोखा नगरपालिकाका कृषकहरुलाइ हाते ट्रयाक्टर प्रदान

कपन अनलाइन

काठमाडौं असार २ ।टोखा नगरपालिकाले कृषकलाइ हाते ट्रयाक्टर प्रदान गरेको छ। परम्परागत कृषि पेशालाई  व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन ५० प्रतिशत अनुदानमा  कृषकलाई  हाते ट्रयाक्टर प्रदान गरेको हो। नगरपालिकाको वडा नं १का कृषकहरुलाई   ५ वटा  त्यसै गरि  वडा नं २ का कृषकलाइ ५ वटा र वडा नं ३ का १ का एक जना कृषक गरि कुल ११ वटा हाते ट्रयाक्टर  नगर उपप्रमुख ज्ञान माया डंगोल र टोखा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सिहं राज श्रेष्ठको  उपस्थितिमा कृषकहरुलाई प्रदान गरिएको छ  ।

श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । टोखा नगरपालिका कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा कृषि शाखा मार्फत हाते ट्याक्टर बितरण गरेको उपप्रमुख   ज्ञान माया डंगोलले जानकारी गराइन । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन ।

तपाइँको प्रतिक्रिया ।