गोकर्णेश्वरमा विना अनुमति संचालित अस्फाल्ट प्लान्टको प्रदूषण,स्थानीयहरुले नगर प्रमुख गुहारे

गोकर्णेश्वरमा विना अनुमति संचालित अस्फाल्ट प्लान्टको प्रदूषण,स्थानीयहरुले नगर प्रमुख गुहारे

कपन अनलाइन

काठमाण्डौ ,असार २।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा स्थापना भएको अस्फाल्ट प्लान्टले गरेको प्रदुषणका कारण पिडित बनेका स्थानीयहरुले नगर प्रमुख सन्तोष चालिसेलाई भेटेर समस्या राखेका छन।

विभिन्न स्थानका सडकहरुमा कालोपत्रे गर्नका लागि अलकत्रा लगायतका सामाग्री तयार गर्नका लागि स्थापना भएको सो प्लान्टले आरुवारी ,जगडोल ,पैयाटार लगायतका क्षेत्रमा प्रदुषण फैलाएर समस्या बढे पछि आक्रोसित बनेका स्थानीयहरुले स्थलगत रुपमा पुगेर पनि विरोध जनाएका थिए।

विना अनुमति लाखौको लगानीमा स्थापना भएको सो प्लान्टका संचालकहरुले नगरपालिकाका जनप्रतिनिधि संगको मौखिक सहमतिमा प्लान्ट स्थापना भएको बताए पनि को जनप्रतिनिधि ? भन्ने चाही अहिले सम्म खुलाएका छैनन।

प्रदुषणको समस्यालले स्थानीयवासीहरुको दवाव निकै बढेपछी छलफलमा आएका नगर प्रमुख सन्तोष चालिसेले अवको ७ दिन भित्रमा उक्त प्लान्टको धुँवा व्यवस्थापन गर्ने प्रयास गर्ने र त्यसको निराकरण नभएमा प्लान्ट स्थानान्तरण गर्ने तर्फ लाग्ने आस्वासन दिएका थिए।

उक्त प्लान्ट बाट भएको प्रदुषण नियन्त्रण वा अन्य बैकल्पिक व्यवस्थाको माग गरेका स्थानीयहरुले बिना अनुमति एकाएक यति ठुलो संरचना स्थापना हुनु अनौठो भएको भन्दै कतिपयलाई प्लान्ट संचालले एक्लै भेटेर कुरा गर्ने भन्दै फकाउन खोजेको खुलासा समेत गरेका छन।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।