शंखरापुर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिसस काठमाडौंको ७ करोड ४९ लाख

शंखरापुर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिसस काठमाडौंको ७ करोड ४९ लाख

कपन अनलाइन

काठमाडौं, असार २।  शंखरापुर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि  शंखरापुर नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौं बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सुबिधा सम्पन्न १२  करोड५० लाख मा निर्माण गर्न लागिएको उक्त भवन निर्माणको लागि जिसस काठमाडौंले   ७   करोड ४९ लाख  सहयोगका लागि सम्झौता गरेको हो।

शंखरापुर् नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि जिल्ला समन्वय समिति काठमाडौंको मौज्यात कोष बाट उपलब्ध हुने अनुदान सहायोग कार्यक्रमको समझदारी पत्रमा शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ र  जिल्ला समन्वय समिति काठमाडौंका  प्रमुख शिब सुन्दर बैद्य बीच उक्त भवन निर्माणको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा  जिल्ला समन्वय समिति काठमाडौंकि उपप्रमुख सरिता दाहाल समन्वय अधिकारी पिताम्बर अधिकारी शंखरापुर नगरपालिकाकि उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

जिल्ला समन्वय समिति काठमाडौंले आफ्नो मौज्यात कोषमा रहेको रकम बाट नगरपालिकाहरुको प्रशासकीय भवन तथा वडा निर्माणमा सहयोग पुर्याउदै आएको छ  ।कार्यक्रममा शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।