शंखरापुर नगरपालिकाको युवा उद्यम कार्यक्रम सम्बन्धी सार्वजनिक सूचना

शंखरापुर नगरपालिकाको  युवा उद्यम कार्यक्रम  सम्बन्धी  सार्वजनिक सूचना

कपन अनलाइन

काठमाडौं,असार १। शंखरापुर नगरपालिकाले युवा उद्यम कार्यक्रम बारे  सार्वजनिक सूचना जारी गरेको छ । राष्ट्रिय युवा परिषद द्वारा निर्धारित युवा लक्षित कार्यक्रम अन्तर्गत शंखरापुर नगरपालिकामा हस्तान्तरित कार्यक्रमहरु मध्ये युवा उद्यम  कार्यक्रम संचालन गर्ने प्रयोजनको लागि नगरपालिका द्वारा निर्मित युवा उद्यम कार्यक्रम संचालन, कार्यबिधि, २०७८ को दफा १ उप दफा ३को खण्ड (ग)मा व्यवस्था भए बमोजिम (१६ बर्ष देखि ४० बर्ष सम्मका युवा) उमेर समूह मध्ये दफा ५ उप दफा (२)को खण्ड (ख) बमोजिम ३ जना महिला सहित ६ जनाको समूह निर्माण हुनु पर्ने व्यवस्था गरिएको जानकारी गराइएको छ।

उक्त कार्यक्रम दफा  १२को उप दफा १ मा छनौट भएका उद्यमशिल युवा समूहलाइ २ लाख पचास हजारका दरले बिना धितो बिना ब्याज कर्जा लगानी तथा असुली गर्नु पर्ने व्यवस्था गरिएको समेत उल्लेख गरिएको छ। त्यस्तै दफा १२ को उप दफा ५ मा भएको व्यवस्था अनुसार प्रत्येक समूहले प्राप्त रकम एक वर्ष सम्म पूर्ण रुपमा परिचालन गर्न पाउने जानकरी गराइएको छ भने उद्यमको प्रकृति अनुसार ऋण रकमको २० प्रतिशत दोश्रो वर्ष, ३० प्रतिशत तेस्रो बर्ष ,२० प्रतिशत चौथो वर्ष र ३० प्रतिशत पाँचौ बर्षमा सम्झौतामा उल्लेख गरिएको समयमा वित्तीय सेवा प्रदायक संस्थामा फिर्ता गर्नु पर्ने उल्लेख गरिएको छ। इच्छुक युवाहरुले उल्लेखित आधार सहितको समुह निर्माण गरि शंखरापुर नगरपालिकाको शिक्षा शाखामा यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्रमा  निम्न कागजात सहित पेश गर्न अनुरोध गरीएको छ ।

आवश्यक कागजात:

१) समुहका सदस्यहरुको नागरिकताको प्रतिलिपि १ थान ।

२) आधारभूत तह कक्षा ८ उत्तीर्ण वा सो भन्दा माथिल्लो तहको शैक्षिक प्रमाण पत्रको प्रतिलिपि ।

३) समुहका सदस्यहरुको हस्ताक्षर सहितको निर्णयको सक्कली कागजात ।

तपाइँको प्रतिक्रिया ।