मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको रक्तदान सम्पन्न
कपन अनलाइन
काठमाडौं, जेठ ३२ ।आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो । मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।
त्यसैलाइ मध्यनजर गर्दै आज गोकर्णेश्वर नगरपालिका वडा नं ७ दक्षिण ढोका स्थित शान्ती बाटिकामा मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखा द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भंएको छ।रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा बिहान १० बजे देखि १ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालन भएको सो रक्तदान कार्यक्रममा २७ जना रक्तदाताले रक्तदान गरेको मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाका सचिव इश्वर पुडासैनीले जानकारी गराए ।
कोभिड–१९ का कारण जारी भएको निषेधाज्ञा र यस बाट राजधानीसहित देशका धेरै जसो स्वास्थ्य केन्द्रहरुमा रगतको अभाव हुनसक्ने भएको हुँदा रगतको अभाबमा कुनै पनि बिरामीको स्वास्थ्यमा समस्या नआवोस र रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी गराए। त्यसै गरि नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्न पनि कार्यक्रम आयोजना गरिएको बताएका छन ।
उनले छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल अवस्थामा पनि धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा २७ जनाले मात्र रक्तदान गरेको जानकारी गराए। कोरोना संक्रमणको जोखिम तथा निषेधाज्ञाको बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकको तर्फ बाट उनले धन्यबाद दिएका छन ।