बुढानिलकण्ठ नगरपालिकाको विपद ब्यवस्थापन समितीको बैठक सम्पन्न

बुढानिलकण्ठ नगरपालिकाको विपद ब्यवस्थापन समितीको बैठक सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३१।

बुढानिलकण्ठ नगरपालिकाको विपद ब्यवस्थापन समितीको बैठक सम्पन्न भएको छ। वर्षा यामको शुरूवात संगै नगरपालिकामा बढन सक्ने विपदको जोखिमलाई रोकथाम र न्यूनीकरणका लागि आयोजना गरिएको बैठकको अध्यक्षता नगर प्रमुख उद्दव खरेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको थियो।

विपदको समयमा सतर्कताका लागि सुचना प्रवाह , जोखिम ब्यवस्थापन , सचेतता र स्वयंसेवक परिचालन लगायतका महत्वपूर्ण विषयमा छलफल गरिएको सो बैठकले द्रुत उद्दारका लागि Rapid Response Team ( RRT ) गठन गर्ने निर्णय पनि गरिएको थियो।

नगर उप प्रमुख रमा राई , प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की , नेपाली काङ्ग्रेसका नगर प्रतिनिधि राजा राम बुढाथोकी , वडा अध्यक्षहरु सुरेन्द्र लामा , बालकृष्ण श्रेष्ठ , शम्भु भट्टराई , नगर कार्यपालिका सदस्य सुकुलाल सुनार ( संगम गहतराज ), दुर्गा थापा नेपाल रेडक्रस सोसाइटी कपन उपशाखाका सभापति पुष्कर चालिसे , बुढानिलकण्ठ प्रतिनिधि नवराज भण्डारी  , कपन प्रहरी प्रभागका प्रहरी नायव निरीक्षक अर्जुन गिरी , इन्जिनियर बैकुण्ठ भन्डारी,पुर्वाधार विकास शाखाका दिपक भण्डारी  , वातावरण शाखाका बिनोद पाठक लगायतको उपस्थितिमा भएको बैठकले नगरपालिकामा हुन सक्ने विपदको जोखिम कम गर्ने उपायहरुका वारेमा गहन छलफल गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।