बुढानिलकण्ठमा खोप प्रकरणमा के भन्छन माओवादी केन्द्रका अध्यक्ष रबिन अधिकारी ?
कपन अनलाइन
काठमाण्डौ जेष्ठ २९।
कोरोना प्रकोपको दोश्रो लहरमा जेष्ठ २५ ,२६ र २८ गते दिइएको भेरोसेल खोप प्रकरणले बुढानिलकण्ठ नगरपालिका तातेको छ। हुनत खोपमा भएको खेलमा सबै स्थानीय तहहरु सामेल छन तर पनि बुढानिलकण्ठ नगरपालिकामा भने बढी नै राजनीति मिसिएर सप्तरंगी बनेपछि नगरवासीले राम्रै रमिताको मनोरंजन पाइरहेका छन।
अझ जेष्ठ २८ गते नगरपालिकामा प्रकट भएका दृश्य,पात्रहरूका अभिनय, त्यहा बुनिएका कथा र त्यसको नमिठो अनुभवको साक्षी हुन नेकपा माओवादी केन्द्र बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी। मौका पाउने वितिक्कै विरोध गरिहाल्नु पर्ने विपक्षीको मान्यता विपरित विवाद निवारणमा निर्णायक भूमिका खेलेका अधिकारीले यस विषयमा कपन अनलाइन संग कुराकानी गरेका छन।
जेष्ठ २८ गते जनप्रतिनिधि,कर्मचारी,राजनीतिक दलका स्थानीय नेताहरू र सार्वजनिक जिम्मेवारीमा रहेका प्रभावशाली व्यक्तिहरुनै जो मुखिया उही बाटो हगुवा भने झैँ चटक देखाउदै अनावस्यक तमासा बढेपछि त्यसलाई साम्य बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीलाई कपन अनलाइनले गरेको पहिलो प्रश्न थियो जिम्मेवारहरु बाटै खोपमा खेल किन ?
बुढानिलकण्ठ नगरपालिकामा खोपमा खेल नभएको तर व्यवस्थापनमा गम्भीर त्रुटी भएको उनले बताए। नेपाल सरकारले तोकेको उमेर समुहका जेष्ठ नागरिकले खोप लगाइ सकेपछी बाकि खोपको वितरणको योजना नहुदा नमिठो दुर्घटनाको झन्डै नजिक पुगेको बताउदै अधिकारीले जेष्ठ २८ गते भएको घटनालाई प्रिय मान्न नसकिने बताए।
खोप अभियानको तिन दिन खोप केन्द्रमा राजनितीक दलका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो अनि कतिपयले त भित्र खोप लगाएको पाखुरा छाम्दै बाहिर निस्केर विरोध गरियो भन्ने पनि सुनिन्छ के यसमा सत्यता छ ? अधिकारीलाई कपन अनलाइनको दोश्रो प्रश्न थियो।
जेष्ठ नागरिकहरुका लागि आएको खोपमा पहिलो अधिकार उहाहरुको नै हो भन्दै अधिकारीले यसमा त्यस्तो हो भने खोप लगाउनेको विवरण सार्वजनिक गरे सबैकुरा प्रस्ट हुने बताए।
तर आफु नगरपालिकामा आएको खोप लक्षित वर्गलाई पुगेपछी बाकि फिर्ता लानुहुन्न भन्ने पक्षमा रहेको बताउदै उनले बाकि रहेको खोप अग्रमोर्चाका स्वास्थ्यकर्मी,जनप्रतिनिधि,संचारकर्मी,सुरक्षाकर्मी,कर्मचारी,स्वयंसेवामा सक्रिय राजनीतक दलका प्रतिनिधिहरुले लाउने गरी खोप केन्द्रमै व्यवस्थापन गरेको भए पछिल्लो घटनाक्रम नहुने सम्भावना अत्याधिक रहने धारणा राखेका छन।
सबै घटना र विषयहरुलाई नजिक बाट हेरिरहेका नगरवासीलाई लाज हुने गरि भैरहेका यस्ता कुराहरुले कुनै पनि राजनीतिक दल वा समाजका अगुवाहरुको प्रतिष्ठा नबढ्ने बताएका अधिकारीको भावमा चिन्ता र निरासा दुवै झल्किन्थ्यो।