तारकेश्वर नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग
कपन अनलाइन
काठमाडौं जेठ ३० । तारकेश्वर नगरपालिकालाई Himal Environment & Climate Action Foundation(HECAF 360) संस्था, महाराजगंजले स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ। संस्थाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को रोकथाम तथा व्यवस्थापनमा नगरपालिकाले गरिरहेको कामलाइ सहज होस् भनेर स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ ।
संस्थाले Single Use Protective Clothing for Medical – 80 pc
Face shield – 40 p
Medical Eye Protection (Googles) – 40 pc
Medical Protective Face Mask – 40 pc
Medical Cap- 80 pc
Disposable Medical Surgical Face Mask – 1000 pc नगर प्रमुख रामेश्वर बोहोरालाइ एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा , नगर उप-प्रमुख भवानी डोटेल (भानु), प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो।स्वास्थ्य सामाग्री बुझ्दै नगर प्रमुख रामेश्वर बोहोराले कोरोनाको विषम परिस्थितिमा गरेको सहयोगको लागि संस्थालाई नगरपालिकाको तर्फ बाट धन्यवाद दिएका थिए। उनले प्राप्त स्वास्थ्य सामग्री कोरोना रोकथाम ,नियन्त्रणका साथै संक्रमितको उपचारमा सहयोगी हुने बिश्वास ब्यक्त गरेका छन।