Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/198684834_533156427719717_4958346518622155446_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/200152754_124503426433539_4668516100369816333_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटीमा लायन्स क्लबको आकस्मिक रक्तदान  सम्पन्न

कपन अनलाइन

काठमाडौँ, जेठ ३० ।गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटीमा लायन्स क्लबले आकस्मिक रक्तदान  सम्पन्न  भएको छ । जेठ २९ गते शनिबार  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब अफ सुन्दरीजल, लायन्स क्लब अफ काठमाडौं नयांपाटी भिक्टोरियस, लायन्स क्लब अफ काठमाडौं नयाँपाटी फ्रेन्ड्स, लायन्स क्लब अफ काठमाडौं राइजिंग सन ,तथा गरिब तथा अनाथ बालबालिकाहरुका लागि सहयोगी हातहरुको संयुक्त आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटीमा आकस्मिक रक्तदान   भएको हो ।

कान्तिपुर अस्पताल रक्त संचार सेवाको प्राबिधिक सहयोगमा कोभिड–१९ का बिरुद्ध पूर्ण सावधानीका विधिहरु अपनाएर सुरक्षित तवर बाट  बिहान ९ बजे देखि अपरान्ह १ बजे सम्म चलेको उक्त रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले कपन अनलाइनलाइ जानकारी गराए  ।

उनले छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा ५२ जनाले मात्र रक्तदान गरेको जानकारी गराए। कोरोना संक्रमणको जोखिम तथा निषेधाज्ञाको बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकको तर्फ बाट उनले धन्यबाद दिएका छन । कार्यक्रममा लायन्स लिडर तथा सदस्यहरुले स्वयम सेवकको भूमिका खेलेका थिए ।

तपाइँको प्रतिक्रिया ।