नँयाबस्तीमा शवको टुक्रा प्रकरण : सिसि टिभीमा के देखियो ?

नँयाबस्तीमा शवको टुक्रा प्रकरण : सिसि टिभीमा के देखियो ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३०।

काठमाडौंको नया बस्तीमा  फेला परेको शवको खुट्टा कसको हो भन्ने खुल्न सकेको छैन् । काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीमा   जेठ २५ मा शवको खुट्टा फेला परेको थियो ।

महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको छुट्टा छुट्टै टिमले गरेको  घटनाको अनुसन्धानबाट चारजना युवाले बोरामा लगेर सो शव फालेको भेटिएको छ ।

घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजबाट चारजनाले बोरामा शवको खुट्टा फालेर नयाँबस्तीका फुटबल मैदान हुँदै हिँडेको देखिएको छ । तर, शव फाल्नेहरूको पहिचान हुन सकेको छैन ।

वि शिक्षण अस्पतालले पोष्टमार्टम रिपोर्ट प्रहरीलाई दिएको छ । तर, अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले सो रिपोर्ट सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार बोरामा पोको पारेको शवमा दुईवटै खुट्टा भएको तर एउटा खुट्टाको मासु काटेर हड्डी निकालेको देखिएको छ ।

तपाइँको प्रतिक्रिया ।