नेकपा एमाले काठमाण्डौ -४ का संयोजक तेज ढकाल भन्छन, “बैधको अभिब्यक्ति माफि योग्य छैन”

नेकपा एमाले काठमाण्डौ -४ का संयोजक तेज ढकाल भन्छन, “बैधको अभिब्यक्ति माफि योग्य छैन”

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २९।

नेकपा एमाले काठमाण्डौ -४ का संयोजक तेज ढकालले बागमती प्रदेस सभा सदस्य नरोत्तम बैधले दिएको आपत्तिजनक अभिव्यक्ति माफि योग्य नभएको बताएका छन।

बैधको अभिब्यक्तिले काठमाण्डौ क्षेत्र नं ४ (१ ) का जनताको मतको अपमान भएको भन्दै उनले केवल वक्तव्य सहित माफि माग्दैमा सरकार प्रमुख माथि गरिएको अपराधिक टिप्पणी क्षेम्य नहुने धारणा राखेका छन।

बैधले प्रदेस सभामा दिएको अभिब्यक्तिले क्षेत्रको नै बेइज्जत भएको भन्दै संयोजक ढकालले त्यस्ता प्रवृति र अभिब्यक्तिले जनताका प्रतिनिधिको हैसियतलाई नसुहाउने बताएका छन।

बैधको बोलीले देस विदेस सहित काठमाण्डौ क्षेत्र नं ४ मा पनि तरंग पैदा गरेपछि आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले प्रदेस सभा बाट अभिव्यक्ति फिर्ता लिए पनि क्षेत्रका जनताको मन बाट त्यो अपमान नहट्ने बताएका छन।

तपाइँको प्रतिक्रिया ।