बागमती प्रदेस सभा सदस्य नरोत्तम बैध माथि खनिए युवा संघ अध्यक्ष किरण पौडेल

बागमती प्रदेस सभा सदस्य नरोत्तम बैध माथि खनिए युवा संघ अध्यक्ष किरण पौडेल

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २८।

बागमती प्रदेसका प्रदेस सभा सदस्य नरोत्तम बैधले दिएको अभिब्यक्ति विवादमा परेको छ। उनले बागमती प्रदेस सभाको बैठकमा आफ्नो मन्तव्य राख्ने क्रममा दिएको अभिब्यक्ति पूर्ण रुपमा अपराधिक मनोवृति  प्रकट भएको भन्दै रास्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले आपत्ति प्रकट गरेका छन।

बैधले आफ्नो मन्तव्य राख्ने क्रममा प्रधानमन्त्री केपी ओलीले देश डुबाउने भन्दै महात्मा गान्धीका हत्यारा नाथु राम गोड्से स्मरण गरेका थिए। अव कोहि न कोहि नाथुराम बन्नुपर्ने भन्दै उनले कोहि नभए आफु बन्ने भन्दै गम्भीर अभिब्यक्ति दिएका थिए।

उनको अभिब्यक्तिले राजनीतिक संस्कार र सभ्यताको धज्जी उडाएको बताउदै  अध्यक्ष पौडेलले गोड्सेनै बन्ने रहर छ भने मैदानमै भेट होला भन्दै चेतावनी दिएका छन।

तपाइँको प्रतिक्रिया ।