कोरोना विरुद्धको खोप,बुढानिलकण्ठ नगरपालिका र राजनीति

कोरोना विरुद्धको खोप,बुढानिलकण्ठ नगरपालिका र राजनीति

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २८।

कोरोना विरुद्धको चिनिया भेरोसेल खोपमा शुरु भएको बुढानिलकण्ठ नगरपालिकाको राजनीति खोप केन्द्र हुदै नगरपालिका कार्यालय सम्म पुगेको छ।

जेष्ठ २५ र २६ गते खोप लगाए पछी एक दिन स्थगित भएर आज २८ गते ६० देखि ६४ उमेर समुहका जेष्ठ नागरिकहरुलाई खोप लगाइएको थियो।शुरुका दुई दिन खोप केन्द्रमा नेपाल सरकारले तोकेका जेष्ठ नागरिक संगै अन्य उमेर समुहका नागरिकहरु पनि खोप लगाउन आएपछी काठमाण्डौका अधिकांश खोप केन्द्रहरुमा तनाव सृजना भएको थियो।

यसैको शिलशिला बुढानिलकण्ठ नगरपालिकाका तिन वटा खोप केन्द्रमा पनि देखियो। जीवनमा अर्को डोज खोप कहिल्यै आउदैन झैँ गरी दवाव सिर्जना गर्नेमा सबैको योगदान तराजुमा जोख्दा बरावर देखिन्छ।

दोश्रो स्थानीय चुनाव आउन २३२ दिन बाकि रहेको समयमा बुढानिलकण्ठ नगरपालिकामा खोपमा देखिएको राजनीतिले चुनावी झल्को दिएको एक बुद्दिजीवीले बताए। स्थानीय सरकार र प्रतिपक्षी दल दुबैले यसलाई मलजल गर्ने गर्ने मात्र गरेका छैनन खोपको सेवाको दुरुपयोग पनि गरेका छन।

रवाफ,दवाव,प्रभाव र मतको लोभमा परेका जनप्रतिनिधि,पहिलो निर्वाचनमा भोगेको नमिठो हारको बदला लिन हतारिएका र आफ्ना मान्छे छिराउन कोसिस गर्ने विपक्षी दलहरु,मौकाको फाइदा उठाई हालौ भन्ने नगरवासी,तुजुक र तागत देखाइदिने बुद्दिजीवी लगायत ठुलो पंक्तिले खोपमा खेल गर्न खोज्दा नगरपालिका अनावस्यक विवादमा परेको छ।

शुरुका दुई दिनमा लाउदा खोप पर्याप्त नभएको भन्ने गुनासको आएपछि अन्य स्थनीय तहले खोप सेवा स्थगित गरेको कठिन समयमा पनि तेश्रो दिन लक्षित उमेर समुहलाई खोप उपलव्ध गराउन सफल भएको नगरपालिकामा  तेस्रो दिन फिर्ता भएको खोप लगाउने विषयमा नगर कार्यालयमै स्वास्थ्य मापदण्ड विपरित भिडभाड सहित विवाद भएको छ।

खोप केन्द्र बाट नगरपालिका सम्म संगै पुगेको खोपमा राजनीतिको रमिता अन्तत स्थगित हुने अवस्थामा पुगेको छ।तेस्रो दिन आएको ५ सय भेरोसेल खोप गणेश मावी र बालउद्दार केन्द्रमा लगाए पछी बाकि खोप नगरपालिका कार्यालय ल्याइएको थियो। तर खोप संगै तिन दिन विवाद र तनाव पनि चलिरह्यो।

यी तिन दिनमा निकै रोचक दृश्यहरु नजिक बाट नियालीरहेका एक स्वयंसेवकले आफ्नो अनुभव सुनाउदै भने ,”यहाँ कसैले कसैलाई आरोप लगाउनु पर्ने छैन , कतिपय भित्र सेटिंग मिलाएर खोप लगाइसके पछी बाहिर आएर चर्को स्वरले गाली गर्ने पनि देखियो”।

अनि चर्को घाममा बसेका जेष्ठ नागरिकहरुलाई केहि छिन भए पनि मनोरंजन प्रदान गर्ने गरी भएका विवाद र बहस हेर्दा  खोप जस्तो संवेदनशील विषयमा अत्यन्त गैर जिम्मेवारीपन देखिएको भन्दै उनले खोप लगाएका व्यक्तिहरुको नाम सार्वजनिक गरे सबैको अनुहार छर्लंग हुने धारणा ब्यक्त गरेका छन।

कोरोना महामारीका वेलामा विरोध र प्रतिरोधको नाममा राजनीतक दलका प्रतिनिधिको रुपमा चिनिएका अनुहारहरुनै  खोपमा खेल गर्दै झेलको रोटी सेकाउने खेलमा लाग्नु र जनप्रतिनिधिहरु पावर देखाउने मेलोमा लाग्नु एकै प्रवृति भएको बताउदै एक बुद्दिजीवीले केहि दिन सामाजिक संजाल र संचार माध्यममा दोहोरी हेर्न मजा आउने भन्दै व्यंग्य गरेका छन।

यो विषय जोडेर कुनै ब्यक्ति विशेष र कुनै एक पक्षलाई दोषारोपण गरेर रमाउनु यस्ता गम्भीर विषयमा अत्यन्त संवेदनशील र सचेत भएर नियाली रहेका नगरवासीहरुको भावनाको अपमान भएको बताउदै उनले सबैले नगरपालिकाको सम्मानमा ठेस पुग्ने गतिविधि,अभिव्यक्ति र धारणालाई अनावस्यक सार्वजनिक चर्चाको विषय हुनु दुखद कुरा भएको धारणा राखेका छन।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।