ओखलढुंगामा स्वास्थ्यकर्मी माथि विद्यालयका प्रधानाध्यापक द्वारा हातपात

ओखलढुंगामा स्वास्थ्यकर्मी माथि विद्यालयका प्रधानाध्यापक द्वारा हातपात

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ २७।

ओखलढुंगामा स्वास्थ्यकर्मी माथि विद्यालयका प्रधानाध्यापक द्वारा हातपात भएको छ। जिल्लाको सिद्दिचरण नगरपालिका वडा नं ७ बिगुटारको स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट डीमा शेर्पालाई रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक दोर्ची शेर्पाले हातपात तथा गालि गलौच गरेका थिए।

कोरोना विरुद्धको खोप नलगाइदिएको भन्दै प्रधानाध्यापक शेर्पाले घर फर्कने क्रममा  हेल्थ असिस्टेन्ट डीमा शेर्पालाई आक्रमण गर्ने प्रयास गरेको भन्दै हेल्थ असिस्टेन्ट संघ ओखलढुंगाले खेद प्रकट गरेको छ।

संघले दोषीलाई हदै सम्मको कारवाहीको माग गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण पनि गराएको छ ।

तपाइँको प्रतिक्रिया ।