तारकेश्वरका खोप केन्द्रमा नेपाल स्काउटका स्वयंसेवकहरु सक्रिय
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २७।
नेपाल स्काउट तारकेश्वरले नगरपालिकामा जेष्ठ २५ गते देखि सुरु भएको भेरोसेल खोप लगाउने २ ओटा केन्द्र मनमैजु स्वास्थ्य चौकी र धर्मस्थली स्वास्थ्य चौकी मा स्वयंसेवक गरिरहेकाे छ।खोप ६० देखि ६४ वर्ष उमेरका मानिसलाई लगाईने छ।
खोप केन्द्रमा खोप लगाउन आएकालाई सहज होस भनेर स्वयंसेवक गरिरहेको नेपाल स्काउट तारकेश्वर नगरपालिका सयोजक दामोदर बस्नेतले जानकारी दिएका छन ।
मनमैजु खोप केन्द्रमा नेपाल स्काउट तारकेश्वर नगर समितिका सदस्यहरु बिष्णु खतिवडा ,मेनुका कार्की ,सुमन पराजुली ,सन्ध्या अधिकारीले स्वयंसेवक गरिरहेका छन भने धर्मस्थली खोप केन्द्रमा तारकेश्वर नगर सयोजक दामोदर बस्नेत ,तारकेश्वर नगर समिति का सदस्य सुरज कार्की ,नम्रता चापागाईं पुर्ण प्रसाद तिमिल्सिना ,अमृता सापकोटा रेश्मा तिमिल्सिना ले स्वयंसेवक गरिरहेका छन।
तपाइँको प्रतिक्रिया ।