कागेश्वरी मनोहरा नगरपालिकाका खोप केन्द्रमा नेपाल स्काउटका स्वयंसेवकहरु सक्रिय
कपन अनलाइन
काठमाडौँ जेठ २७ । नेपाल स्काउट ,बाग्मती प्रदेश स्काउट कागेश्वरी ओपन स्काउट क्रयू ले कागेश्वरी नगरपालिकामा जेष्ठ २५ गते देखि सुरु भएको भेरोसेल खोप लगाउने केन्द्रमा स्वयंसेवक गरिरहेको छ। सरकारले कोभिड–१९ विरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा मंगलबार देखि लगाउन सुरु गरेको हो।
जेठ २५ गते बुधबार देखि २९ जेठसम्म चल्ने सो अभियान अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाले पनि तीन वटा खोप केन्द्र गोठाटार स्वास्थ्य चौकी मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकी बाट सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि सुरक्षित तवर बाट खोप अभियान शुरु गरेको छ।
उक्त केन्द्रमा खोप लगाउन आएकालाई सहज होस भनेर स्वयंसेवक गरिरहेको नेपाल स्काउट कागेश्वरीले जनाएको छ ।कोरोना भाइरस बिरुद्धको पहिलो चरणको खोप लगाउने खोप केन्द्रहरुमा कागेश्वोरी मनोहरा नगरपालिकाले आव्हान गरे बमोजिम खोप केन्द्रमा पहिलो दिन देखी आवश्यकता अनुसार स्वास्थ्य-कर्मिहरुलाई सहजिकरण गर्नुको साथै कोरोनाको बारेमा जनचेतना जगाउने काम समेत गरिरहेको छ ।